All wards
आधारभूत जानकारी
कमल गिरी
-
halesituwachungward7@gmail.com
-
Ward statistics
Population 0
Households 717
Area 14.87
संक्षिप्त विवरण (Short Description)
हलेसी तुवाचुङ नगरपालिका वडा नं ७ साविक महादेवस्थान गाँउ विकास समितिका वडाहरू १,२,३,४,५,६,७,८ र ९ मिलेर बनेको छ। यस वडा १४.८७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ। यहाँको जनसंख्या ३४२१ रहेको छ। यस वडाका निर्वाचित वडा अध्यक्ष श्री कमल गिरी हुन् र उहाँ नगरपालिकाको प्रवक्ता समेत हुनुहुन्छ ।

यसै वडामा रहेको हलेसी महादेवको मन्दिर पर्यटकीय स्थलको रुपमा चिनिन्छ। हलेसी महादेवको मन्दिर हिन्दु, किरात र बौद्धको त्रिधार्मिक स्थलको रूपमा प्रख्यात रहेको छ।यस वडामा किरातको उद्गम तथा सास्कृतिक धरोपहर तुवाचुङ जायजुङ, बसाहा गुफा, मन्जुश्री गुफा, दुङ्देलो गुफा, ककनी देवी लगायतका धार्मिक एवं पर्यटकीय स्थलहरू रहेका छन्। यस वडामा राईहरूको बाहुल्यता रहेको छ। साथै क्षेत्री बाहुन, कामी, दमाई। नेवार, मगर, गुरुङ, सार्की, भुजेल आदि जातिको बसोबास रहेको छ।यस वडाको पुर्वमा अर्खौले, पश्चिममा दुर्छिम, उत्तरमा सल्ले र दक्षिणमा धितुङ रहेको छ।
नक्शा दृश्य (Map View)
Map coordinates not available